खानीखोला हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसँग माग्यो अनुमति

Advertisement

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

कम्पनीले १ः१ अनुपातमा चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजारको शतप्रतिशत अर्थात् ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

Advertisement

कम्पनीले हकप्रद शेयरबाट प्राप्त रकम बैंकको ऋण तिर्नका लागि प्रयोग गर्ने जनाएको छ । 

१०० प्रतिशत हकप्रदपछि यस कम्पनीको पुँजी ९३ करोड १४ लाख रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement