सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट आज

Advertisement

काठमाडौं । मागभन्दा १९.३२ गुणा आवेदन परेको सर्वोत्तम सिमेन्टको आईपीओ आज (शुक्रबार) बाँडफाँट हुँदैछ । आईपीओ आज बिहान १० बजे बाँडफाँट हुने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । 

सर्वोत्तमको आईपीओमा १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् । जसमध्ये ५५ हजार ५२१ जनाले मात्र शेयर हात पार्नेछन् । आवेदन दिएका बाँकी साढे ९ लाख जनाको हात रित्तो हुनेछ । 

Advertisement

सर्वोत्तमले पहिलोपटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि १६ गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । जसको मूल्य प्रतिकित्ता ३६०.९० रुपियाँ छ । 

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो । 

Advertisement

Advertisement