विद्युत प्राधिकरणको लापर्वाहीले बिजुलीको पोल ढली करेन्ट लागेर दुई जनाको मृत्यु

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको लापर्वाहीले कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढलेर करेन्ट लागी दुई जनाको मृत्यु भएको छ । 

एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको उक्त ठाउँमा लापर्वाहीपूर्वक पोल गाडिएकाले ढलेको स्थानीयको भनाई छ । 

Advertisement

शनिबार बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर नरहरिनाथ–८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको हो । 

स्थानीय रोहनकुमार विष्टका अनुसार घरनजिकै गाडिएको पोल ढलेर तारले छोएर अनाहकमा दुई जनाको मृत्यु भएको छ । बिजुलीको तारले घर छोएको छ । 

घटनापछि इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ । 

Advertisement

Advertisement