अभिकर्ता तालिम सञ्चालन गर्दै आईजीआई प्रुडेन्सियल, को-को सहभागी हुन पाउँछन् ?

Advertisement

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चैत्र १३ देखि १६ गतेसम्म चार दिने निर्जीवन बीमा अभिकर्ता तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ ।

तालिममा न्यूनतम एसईई या सोसरहको परीक्षा उत्तीर्ण गरेका सहभागी बन्न पाउनेछन् । यसका लागि आवश्यक कागजातसहित चैत्र १२ गतेभित्र कार्यालयमा निवेदन पेस गर्नुपर्ने कम्पनीले जनाएको छ ।

Advertisement

तालिम कम्पनीको प्रधान कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ भने परीक्षा चैत्र १६ गते हुनेछ ।

तालिममा सीमित संख्यालाई समावेश गरिने हुँदा पहिले प्राप्त भएको निवेदनलाई प्राथमिकता दिइने कम्पनीले बताएको छ ।

undefined

Advertisement

Advertisement