तिब्बतको शिशापाङ हिमालको हिमपहिरोमा बेपत्ता नेपाली र अमेरिकी आरोहीको खोजी गरिने

Advertisement

काठमाडौं । गएको शरद ऋतु (असोज २०) गते तिब्बतको शिशापाङ हिमालको हिमपहिरोमा परी बेपत्ता भएका नेपाली र अमेरिकी हिमाल आरोहीको खोजी गरिने भएको छ । 

उक्त घट्नामा अमेरिकी महिला आरोही र शेर्पा गाइडको मृत्यु भइसको थियो भने दुई जना अझै बेपत्ता छन् र्का एक अमेरिका महिला आरोही र शेर्पा गाइड अझै पनि बेपत्ता छन् । बेपत्तामध्ये एक जना नेपाल तेन्जिङ लामा शेर्पा विश्व कीर्तिमानी हुन् भने अमेरिकी महिला आरोही जिना मारिया हुन् । शिशापाङको क्याम्प–२ (६८०० मिटर)मा रहेका अमेरिकी महिला आरोही अन्ना गुटु र उनको शेर्पा गाइड मिङमार शेर्पाको शव तत्कालै संकलन गरिए पनि नेपाल ल्याउन सक्किएको छैन् । 

Advertisement

बेपत्ताहरुलाई वसन्त ऋतुमा खोजी गरिने एक एक्सपेडिसन कम्पनीका सञ्चालकले जानकारी दिए । उनले हिमपहिरोमा मृत्यु भएका दुई जनाको शब छ हजार आठ सय मिटर उचाईमा छ । ती शब दुर्घटना हुँदाकै समयमा आधार शिविर ल्याउने प्रयास गरिएको थियो । तर उद्दार गर्न हेलिकप्टर प्रयोग गर्न नपाइने स्थानीय नीतिले गर्दा दुई जनाको शब आधार शिविर झार्न नसकिएको हो । 

आठ हजार २७ मिटर उचाइको शिशापाङको हिमपहिरोमा परी मृत्यु भएका र बेपत्ता रहेकाहरुको खोजी कार्यमा चिनियाँ पक्षले केही पहल पनि नगरेको उनीहरुका आफन्त र एक्सपेडिसन कम्पनीका सञ्चालकहरुको गुनासो छ । यता नेपालको सरकारले पनि कीर्तिमान कायम गरेका आफ्ना आरोहीको खोजीका लागि कुनै कुटनीति पहल नगरेको उनीहरुको भनाई छ । शब भेटिएकाहरुलाई नेपाल ल्याउन समेत सरकारले अहिलेसम्म पहल गरेको छैन् । 

बेपत्ता अमेरिकी महिला आरोही जिना मारिया र उनका गाइड तेन्जेन यही वसन्त ऋतृमा खोजी गरिने एक्सपेडिसन कम्पनी सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिए । उनीहरुको खोजी गर्नको लागि आठ जना शेर्पा र नर्वेकी क्रिस्टिन हरिला आउँदो अप्रिल महिनामा शिशापाङतर्फ जान लागेको उनले जानकारी दिए ।  

शेर्पाले भने, ‘खोजी गर्न लागेका छौं तर अब हेरौं हामी त्यसमा कतिको सफल हुन्छौं ? किनभने कुन ठाउँमा बेपत्ता भएको भन्ने कुरा नै थाहा नहुँदा खोज्न गाह्रो छ । देख्ने ठाउँमा भेट्टाउछ कि भन्ने हो ।’ बेपत्ता तेन्जेन र नर्वेकी क्रिस्टिन हरिलाले ९२ दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी कीर्तिमान बनाएका थिए । 

Advertisement