नेपाल बैंकको ब्याजदर घट्यो, कुन खातामा कति ?

Advertisement

काठमाडौं । नेपाल बैंकले चैत महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले एक सूचना जारी गर्दै चैत १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले चैत महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.४० प्रतिशतदेखि अधिकतम ५.४० प्रतिशत ब्याजदर तोकेको छ । त्यस्तै, रेमिट्यान्स खातामा भने ६.४० प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ । यसअघि फागुनमा साधारण बचतमा न्यूनतम ३.५० प्रतिशतदेखि ५.५० प्रतिशत र रेमिट्यान्स खातामा ६.५० प्रतिशत ब्याजदर तोकेको थियो ।

Advertisement

त्यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा संस्थागततर्फ ५.७५ प्रतिशत र व्यक्तिगततर्फ ७.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । आधार दर ८.५७ प्रतिशत र स्प्रेडदर ३.९० प्रतिशत छ ।
 

Advertisement

Advertisement