शेयर बजारमा झिनो करेक्शनः अपर तामाकोशीमा लाग्यो नेगेटिभ सर्किट

Advertisement

काठमाडौं । केही दिन यता बढिरहेको शेयर बजारमा आज पुनः करेक्शन आएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.४८ प्रतिशतले बजार घटेको हो । ०.११ प्रतिशतले बजार तल झर्दा नेप्से परिसूचक २१०८.७२ अंकमा झरेको छ । 

Advertisement

आज ३१० कम्पनीका १ करोड ८ लाख ८९ हजार ६ सय ३४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३ सय ३२.२२ रुपियाँ बराबरको कारोबार भएको भएको छ ।

समग्रमा बजारमा करेक्शन देखिए पनि वीन नेपाल लघुवित्त, उन्नति सहकार्य लघुवित्त, आत्मनिर्भर लघुवित्त, समाज लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.५८, ९.२२, ९.०३ र ७.८९ प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै अपर तामाकोशीमा नेगेटिभ सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि शिवम् सिमेन्टकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको २५ करोड ५३ लाख ८३ हजार ६ सय ६२ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार २२.१० अंकले बजार उचालिंदा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८.९१ रुपियाँ र हिजो मंगलबार ५८.५८ अंकले बजार बढ्दा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७.८२ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो । 
 

Advertisement

Advertisement