रु रु जलविद्युतको ‘लक इन’ अवधि वैशाख ३ मा सकिँदै

Advertisement

काठमाडौं । रु रु जलविद्युत् परियोजनाको ‘लक इन’ अवधि आगामी वैशाख ३ गते सकिने भएको छ । कम्पनीको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयरको लक इन अवधि वैशाख ३ गते सकिने भएको हो । 

यो अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । 

Advertisement

कम्पनीले २०७८ वैशाख ३ गते शेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । 

कम्पनीको ३९ लाख ४५ हजार ८८८ कित्ता संस्थापक शेयर, ४ लाख ८९ हजार २४५ कित्ता स्थानीयको शेयर र ९ हजार ८५८ कित्ता कर्मचारीको शेयर लक इन छ । 

Advertisement

Advertisement