महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले कादमबरी एकेडेमी, श्रीपूर वीरगंजमा अध्यनरत छात्र जीवन राजवंशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय श्री हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ । 

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. श्री हिरा गिरीको स्मृतिमा स्थापित हिरा गिरी जेहेन्दार छात्रवृत्ती बैंकका सञ्चालक समितिका सदस्य श्यामसुन्दर रुङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई हस्तान्तरण गरेका हुन् ।

Advertisement

अध्यनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यनमा सहयोग पु¥याउने उद्देश्यले रु.पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका सदस्य रुङ्गटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको कुरा व्यक्त गरे ।  आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरीय शिक्षामा टेवा पु¥याउने कुरा जानकारी गराउदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता जाहेर गरे ।  न

आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । 
 

Advertisement