चैत महिनामा एक वाणिज्य बैंकसहित ११ कम्पनीको साधारण सभा, तीनवटाले मात्रै लाभांश पारित गर्ने

Advertisement

काठमाडौं । चैत महिनामा एक वाणिज्य बैंकसहित विभिन्न ११ कम्पनीको साधारण सभा हुने भएको छ । यी मध्ये ३ वटाले मात्रै लाभांश प्रस्ताव गरेका छन् ।

यसैक्रममा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३७औँ वार्षिक साधारण सभा चैत २० गते हुने तय भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा हुने उक्त साधारण सभाले सञ्चालक चयन गर्नेछ । साधारण सभा प्रयोजनका लागि फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गरिएको छ ।

Advertisement

त्यस्तै धौलागिरी लघुवित्त पाँचौं साधारण सभा आज चैत १ गते सम्पन्न भएको छ । बागलुङमा सम्पन्न उक्त साधारण सभाबाट सञ्चालनको चयन गरिएको छ  भने फागुन १७ बाट बुक क्लोज गरिएको थियो । 

यसैगरी गोर्खाज फाइनान्सको २८ र २९औं वार्षिक साधारण सभा अनुपम फुडल्याण्ड काठमाडौंमा चैत २ गते हुँदैछ ।फागुन १८ गतेदेखि चैत २ गतेसम्म बुक क्लोज भएको छ भने साधारण सभाबाट वार्षिक प्रतिवेदन पारित गरिने छ ।

यता, जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त पाँचौं साधारण सभा चैत ९ गते क्रमशः रुपन्देही र काठमाडौंमा हुँदैछ । यी दुबै संस्थाको साधारण सभाले एकआपसमा मर्जमा जाने प्रस्ताव पारित गर्ने छन् । जाल्पाको फागुन २४ र किसानले चैत १ गतेदेखि बुक क्लोज गरेका छन् ।

त्यस्तै शिखर इन्स्योरेन्सको १९औं वार्षिक साधारण सभा चैत ९ गते कम्पनीको कन्द्रीय कार्यालय थापाथली काठमाडौंमा हुँदैछ । फागुन २७ गतेदेखि चैत ९ गतेसम्म बुक क्लोज गरिएको छ । साधारण सभाबाट सञ्चालक चयन गरिने छ । 

यसैबीच, माउन्टेन इनर्जी १०औं वार्षिक साधारण सभा चैत १३ गते आम्रपाली बैंकेट काठमाडौंमा हुँदैछ । उक्त साधारण सभाले आव २०७९÷८० को नाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश पारित गर्नेछ । फागुन ३० गतेबाट बुक क्लोज गरिएको छ । 

यता, नेशनल लघुवित्त १०औं वार्षिक साधारण सभा चैत १६ गते धुलिखेलमा हुँदैछ । उक्त साधारण सभाले ७(५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद लाभांश पारित गर्नुका साथै एफपीओ निष्काशनको प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुक क्लोज गरिएको छ । 

यसैबीच अपर हेवाखोला हाइड्रो १२औं साधारण सभा चैत १६ गते यूनियन हाउस अनामनगरमा हुँदैछ । उक्त सभाबाट सञ्चालक चयन हुने छन् । फागुन २४ बाट बुक क्लोज भएको छ ।

त्यस्तै ग्रीन डेभलपमेन्ट बैंक १०औं र ११ औं साधारण सभा चैत २७ गते पोखरामा हुँदैछ । साधारण सभाले ३.८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि चैत ९ गते बुक क्लोज हुनेछ । 

यसैगरी यूनाइटेड मोदी हाइड्रो १०औं वार्षिक साधारण सभा कालीमाटी बैंकेटमा चैत २९ गते हुँदैछ ।साधारण सभाबाट १ः१ अनुपातमा हकप्रद पारित गरिनुका साथै सञ्चालक चयन गरिे छ । चैत ७ बाट बुक क्लोज गर्ने जनाइएको छ । 
 

Advertisement

Advertisement