धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको सूची तयार, को–को परे ?

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न आवेदन दिएका १९ जनाबाट पाँच जनाको छनौट सूची तयार भएको छ ।

छनौट सूचीमा परेका पाँच जनामा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंलगायत छन् ।

Advertisement

छनौटमा परेका पाँच जनाको अन्तवार्ता आगामी साता हुने बताइएको छ । 

अध्यक्षका लागि आवेदन दिनेमा चिरञ्जीवी चापागाईं, कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, डा. नवराज अधिकारी, डा. गोपालप्रसाद भट्ट, निरज गिरी, डा. केशव प्रसाद श्रेष्ठ, कृष्णबहादुर अधिकारी, डा. रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रविन पन्दाक, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा. विमलकुमार तिवारी, रामकृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्णबहादुर कार्की थिए ।

सरकारले गठन गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा‍. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको सिफारिस समितिले गत फागुन १६ गते धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिएका थिए । आवेदन दिने मध्येबाट अर्थ मन्त्रालयले पाँज जना उम्मेदवार छनौट गरी अध्यक्षमा नियुक्तिका लागि मन्त्रिपरिषद्मा लैजाने छ ।

मन्त्रिपरिषदले एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्ड अध्यक्षविहीन बनेको छ । 

Advertisement