मुक्तिनाथ विकास बैंकद्वारा पोखरा र इमाडोलमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत विभिन्न स्थानहरुमा बैंकिङ्ग साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

यसैक्रममा बैंकले कास्कीको पोखरा–३३ स्थित सरसस्वती टिका स्कूल र कैलालीको धनगडी–४ स्थित सिसिएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

Advertisement

उक्त कार्यक्रमहरुमा स्कूल र कलेजका विद्यार्थीहरु तथा शिक्षक, शिक्षकाहरुको सहभागीता रहेको थियो । 

त्यसैगरी ललितपुरको इमाडोल–१ स्थित स्टार फुडल्याण्ड नजिकको परिसरमा र सुर्खेतको विरेन्दनगर–११ स्थित देउती बजै मन्दिर नजिक परिसरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement