सीआईबीमा 'दबंग’ नेतृत्व

Advertisement

काठमाडौं । सरकारले प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्व परिवर्तन गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सीआईबीको प्रमुखमा श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको हो । 


सीआईबीका प्रमुख (एआईजी) किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागमा सरुवा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ज्ञवाली प्रहरीमा ‘दबंग’ प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । यसअघि भुटानी शरणार्थी प्रकरणमा ‘ठूला माछा’ समाउन खोजेको भन्दै उनलाई सरुवा गरिएपछि निकै आलोचना भएको थियो । 

Advertisement


मन्त्री शर्माले सरकारले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले कारबाही सिफारिस भएसँगै प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने र नियमित सुरुवाको प्रक्रिया अनुसार सुरुवा गरिएको बताइन् । 

शर्माले मन्त्रिपरिषद्ले गरेको सरुवालाई कारबाहीको रुपमा नभएर नियमित प्रक्रिया भएको दाबी गरिन् । उनले सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको पनि बताइन् । 

शर्माले भनिन्, ‘सुनको अवैध पैठारीका विषयमा अध्ययन गर्न जाँचबुझ आयोग बनाएका थियौं । आयोगले गृहमन्त्रीलाई बुझाएको गम्भिर अध्ययन गरी तत्काल कार्यान्वयनमा लैजाने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । महानिरीक्षकहरुको सरुवा गर्ने निर्णय गरेको छ । श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधानकार्यालय कार्यविभागबाट केन्द्रिय अनुसन्धान ब्युरोमा र केन्दीय अनुसन्धान ब्युरो प्रमुख किरण बजचार्यलाई केन्द्रिय कार्यालयको कार्यविभागमा सरुवा गर्ने निर्णय भएको छ ।’ 

उनले थपिन्, ‘सुन प्रकरणमा सरकारको धारणा दोषी कोही पनि छुट्नु हुन्न । निर्दोष कोही पनि पर्नुहुन्न भन्ने छ । यो धारणामा को व्यक्ति कसको भन्ने कुरा हुँदैन । प्रमाणले पुगेपछि जो सुकै पनि कारबाहीको दायरामा आउँनु स्वभाविक हो । जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सन्दर्भमा र नियमित सुरुवा हो । नयाँ नेतृत्व आउँदा सहज हुन्छ भन्ने हिसावले सोचेको हो । प्रहरीलाई कारबाही गरेको होइन नियमित सुरुवा गर्ने आधारमा गरिएको हो । नियमति सरुवाको प्रक्रियामा भएको हो । प्रहरी निरीक्षकको सरुवा मन्त्रीपरिषद्ले गर्नुपर्ने हुन्छ । त्यही आधारमा भएको हो ।’

Advertisement

Advertisement