फागुन महिनामा वैदेशिक रोजगारीमा गए ६५ हजार, अघिल्लो महिनाभन्दा ३ हजार बढी

Advertisement

काठमाडौं । अघिल्लो महिना भन्दा गत महिना अर्थात फागुनमा वैदेशिक रोजगारीमा जानेको संख्या ३ हजारले बढेको छ ।

वैदेशिक रोजगार विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुन महिनामा ६५ हजार ६ सय ५८ जना वैदेशिक रोजगारीमा गएका छन् । अघिल्लो महिना अर्थात माघ महिनामा ६२ हजार १ सय ४७ जना वैदेशिक रोजगारीमा गएका थिए ।

Advertisement

विभागका अनुसार फागुन महिनामा ५८ हजार ८ सय ९० जना पुरुष र ६ हजार ७ सय ६८ जना महिना वैदेशिक रोगजारीका लागि गएका छन् । माघ महिनामा ५५ हजार ९ सय ७३ जना पुरुष र ६ हजार १ सय ७५ जना महिना वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका थिए । 

चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४ जना, असोजमा ५६ हजार २ सय ३५ जना, कात्तिकमा ४३ हजार ६ सय ३३ जना, मंसिरमा ७१ ह्जार २ सय ७६ जना र पुस महिनामा ६५ हजार ८ सय १३ जना वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ६ लाख ९९ हजार १ सय ९३ पुरुष र ७२ हजार १ सय ३४ जना महिना गरी कूल ७ लाख ७१ ह्जार ३ सय २७ जना वैदेशिक रोजगारीमा गएका थिए । 

undefined
 

Advertisement

Advertisement