क्याम्प–२ देखि चुचुरोसम्मकोे ‘रोप फिक्सिङ’ सेभेन समिट ट्रेक्सको टिमले गर्ने

पूजा गरेर गएको ‘आइसफल डाक्टर’को टोलीद्वारा सगरमाथाको प्वाइन्ट–१ सम्मको बाटो निर्माण

Advertisement

काठमाडौं । वसन्त ऋतुका लागि सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि आइसफल डाक्टरको टोलीले सगरमाथा आधार शिविरदेखि प्वाइन्ट–१ सम्मको बाटो निर्माण सफलतापूर्वक गरेका छन् । 

टोलीले सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्मको बाटो निर्माण गर्न पूजा गरेर चैत १ गते त्यसतर्फ गएको थियो । प्वाइन्ट–१ सम्म बाटो निर्माण सम्पन्न भएको उक्त टिमको फोटो, भिडियो खिच्ने कार्यमा गएका विश्व कीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पाले जानकारी दिए ।

Advertisement

उनका अनुसार आइसफल डाक्टरको टोलीले प्वाइन्ट–१ सम्मको बाटो निर्माण सम्पन्न गरी सगरमाथा आधार शिविर फर्किएको र एक–दुई दिन आराम गरी पुन ः काममा लाग्नेछन् । उक्त टोलीले अब १०–१२ दिनमा क्याम्प–१ सम्मको बाटो निर्माण गरिसक्ने जनाइएको छ । 

शेर्पाले आइसफल डाक्टरको टोलीले क्याम्प–१ सम्म प्रोइट–१ देखि ५ सम्म क्रमसः बाटोको निर्माण गर्ने बथाए । आइसफल डाक्टरको टोलीले २०२४ को वसन्त ऋतृको आरोहणका समयमा सगरमाथा, ल्होत्से र माउन्ट नुप्त्सेमा रुट निर्माण गर्नेछ । टोलीका सदस्यले ती हिमाल आरोहण गर्ने आरोहीहरूका लागि खुम्बु आइसफल रुट निर्माण र मर्मत गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिले जानकारी दिएको छ । 

क्याम्प–२ देखि सगरमाथाको चुचुरोसम्मको ‘रोप फिक्सिङ’ सेभेन समिट ट्रेक्सको टिमले गर्ने छ । अहिलेको टोलीले सगरमाथा आधार शिविरदेखि क्याम्प–२ सम्मको बाटो निर्माण गर्न जानुअघि फोट्सेस्थित खुम्बु क्लाइम्बिङ सेन्टर (केसीसी)मा एकदिने तालिम र सगरमाथा आधार शिविरमा एक हप्ता लामो प्रशिक्षणमा भाग लिएका थिए । 

आइसफल डाक्टरहरूले प्रख्यात पर्वतारोही कोनराड एन्कर र केसीसीका प्रशिक्षकहरूबाट तालिम लिएका सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ । टोलीमा छिरिङ तेन्जिङ शेर्पा (आधार शिविरका प्रबन्धक), आठ आइसफल डाक्टरहरूः आङ सार्की शेर्पा, दावा नुरु शेर्पा, पेम्बा छिरिङ शेर्पा, ङ्गिमा तेन्जी शेर्पा, नगावाङ चिम्मी शेर्पा, दावा छिरी शेर्पा, दावा जाङ्बु शेर्पा र मिङ्मा शेर्पा छन् । दुई ‘किचेन स्टाफ’ नगावाङ थान्टेन शेर्पा र वाङ्दी गेल्बु शेर्पा र एक जना फोहोर व्यवस्थापनका लागि यमबहादुर लामा छन् । 

त्यस्तै, सेभेन समिट ट्रेक्सका अनुसार क्याम्प–२ देखि सगरमाथाको चुचुरो सम्मकोे ‘रोप फिक्सिङ’ टिम लिडर देन्डी शेर्पासहित १० जनाको टिमले गर्नेछ । यो काम यही चैत ९ वा चैत १२ गते काठमाडौंबाट सगरमाथा आधार शिविरतर्फ लाग्ने सेभेन समिट ट्रेक्स कम्पनीले जनाएको छ । 

undefined
 

Advertisement