मर्जर प्रस्ताव पारित गर्न जाल्पा सामुदायिक र किसान लघुवित्तले डाके साधारणसभा

Advertisement

काठमाडौं । जाल्पा सामुदायिक र किसान लघुवित्तको साधारणसभा चैत ९ गते बस्दैछ ।

यी दुवै संस्थाले मर्जर प्रस्ताव पारित गर्न सभा बोलाएका हुन् । 

Advertisement

जाल्पा सामुदायिकको साधारण सभा, दी एसआर होटल तिलोत्तमा रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ भने किसान लघुवित्तको सभा भने ताज प्यालेस, स्पेसियल चोक गल्फुटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

यी दुवै कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट लाभांश वितरण गर्नेछैनन् ।  

सभामा जाल्पा सामुदायिक र किसान लघुवित्त एकआपसमा गाभिने सम्बन्धमा अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने एजेन्डा छ । त्यस्तै, दुवै कम्पनीको सभाले एकआपसमा १ बराबर ०.८८३४ शेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ । 

सभा प्रयोजनका लागि किसानले चैत १ गते बुक क्लोज गरिसकेको छ भने जाल्पाको फागुन २४ गते बुक क्लोज भएको छ । 

Advertisement

Advertisement