क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित

Advertisement

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको स्थान सुर्खेतमा सम्पन्न भएको छ । 

कम्पनीको प्रथम वार्षिक साधारण सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरबाट मन्तब्यसहित वार्षिक प्रतिवेदन पेश भएकोमा सर्वसम्वत पारित भएको छ ।  

Advertisement

उक्त सभाबाट सर्वसाधारणलाई कम्पनीको साधारण शेयर निष्काशन गर्ने तथा सो कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

सभामा संस्थापक समुहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण बैद्य र विदुर पुरी कम्पनीको संचालक पदमा र्निविरोध निर्वाचित भउका छन् । साथै यसअघि नै स्वतन्त्र संचालकमा पवित्रलाल चुकेलाई नियुक्त गरिएको थियो । 
 
सभाले आव २०७९।०८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आव २०८०।०८१ को लागि बाह्य लेखापरिक्षको नियुक्तिको  प्रस्ताव समेत पारित गरेको छ ।  

प्रथम वार्षिक साधारण सभामा प्रमुख कार्यकारी अधिकृत प्रता मान श्रेष्ठले स्वागत मन्तब्यसहित उपस्थित शेयरधनीहरु तथा अन्य उपस्थित ब्यक्तिहरुको लागि कम्पनीको प्रगतीकोबारे जानकारी गराउँदै नव निर्वाचित संचालक सदस्यहरुलाई शुभकामना तथा बधाई दिए ।

संस्थाका अध्यक्षले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापनसहित सभा समापन गरेका थिए । 

undefined

Advertisement

Advertisement