वरिष्ठ डेपुटी गभर्नरलाई दुर्व्यहार गर्ने राष्ट्र बैंकका निर्देशक आचार्य सेवाबाट बर्खास्त

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानालाई दुर्व्यहार गर्ने निर्देशक थानेश्वर आचार्य सेवाबाट बर्खास्त भएका छन् ।  

नेपाल राष्ट्र बैंक मानव संशाधन विभागले चैत ६ गतेदेखि लागू हुने गरी उनलाई सेवाबाट हटाएको जनाएको छ । पटक-पटक कर्मचारी अनुशासन उल्लंघन गर्दै आएका आचार्यले पछिल्लो पटक राष्ट्र बैंककै वरिष्ठ अधिकारीमाथि दुर्व्यहार गरेका थिए ।  

Advertisement

केन्द्रीय बैंकका उच्च अधिकारीको गत २७ पुसमा ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममा आचार्यले दुर्व्यवहार गरेका थिए । दुर्व्यवहारको घटनापछि राष्ट्र बैंकले छानबिन समिति बनाएको थियो । छानबिन क्रममा दोषी देखिएका आचार्यलाई स्पष्टीकरण सोधिएको तर उनको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सेवाबाट हटइएको मानव संशाधन विभागले जनाएको छ ।

उक्त घटनामा राष्ट्र बैंककै अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र र कार्यकारी निर्देशक देवकुमार ढकाल पनि जोडिएका छन् । 

डेपुटी गभर्नर ढुंगानामाथिको अभद्र व्यवहार नियोजित हो वा रक्सीको नसाको उपज ?

राष्ट्र बैंककी पहिलो महिला डेपुटी गभर्नर घेराबन्दीमा, दुर्व्यवहारपछि जिम्मेवारी पनि खोसियो

Advertisement

Advertisement