शेयर बजार तल झर्दा तीन अर्ब ६३ करोडको कारोबार, सर्बोत्तम सिमेन्टमा पोजेटिभ सर्किट

Advertisement

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.२४ अंकले बढेको हो । ०.३० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०६७.२९ अंकमा झरेको छ । 

आज ३०७ कम्पनीका ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५ सय ५४.८७ रुपियाँ बराबरको कारोबार भएको हो । 

Advertisement

समग्रमा बजार घटे पनि विभिन्न ६ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । आजैबाट कारोबार शुरु भएको सर्वोत्तम सिमेन्टको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता रु. ६११.६० पुगेको छ । त्यस्तै बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताहरुले १० प्रतिशत कमाउँदा धौलागिरि लघुवित्त, इन्फिनिटी लघुवित्त, भगवती हाइड्रो र यूनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.४५, ९.२९ र ९.०५ प्रतिशतले नाफा कमाएका छन् ।

यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ का लगानीकर्ताहरुले सबैभन्दा बढी ७.०८ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २५ करोड ९७ लाख २२ हजार ३ सय ६७.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार शेयर बजार १०.६२ अंकले घट्दा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४.३३ रुपियाँ र  हिजो सोमबार ३.२७ अंकले बजार उचालिंदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८ सय १८.९१ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement