हेलिकप्टर थप्दै वायुसेवा कम्पनीहरु

Advertisement

काठमाडौं । हिमाली क्षेत्रको दृश्यावलोकनमा जाने हिमाली क्षेत्रमा हुनसक्ने दुर्घटनामा उद्दार कार्यका लागि लक्षित गर्दै वायुसेवा कम्पनीहरुले हेलिकप्टर थप्ने तयारी गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हेलि एभरेस्टले एउटा हेलिकप्टर थपेको छ भने अर्को पनि ल्याउने अन्तिम तयारीमा छ । दोस्रो हेलिकप्टर एक हप्तामा आइपुग्ने जनाएको छ । 

Advertisement

अल्टिट्युड एयर र मनाङ एयरले एक–एक हेलिकप्टर थप्दैछन् । पर्यटक आगमन बढ्ने कुरालाई दृष्टिगत गरी उनीहरुले हेलिकप्टर थप्न लागेका हुन् । श्री एयरलाइन्सको एम्आई १७ हेलिकप्टर लामो समयदेखि ‘ग्राउन्डेड’ थियो । त्यो पनि सञ्चालनमा आएको एक हप्ता भएको छ । 

ज्ञानेन्द्र भुलले भने, ‘श्री एयरलाइन्सको हेलिकप्टर हाम्रो कारवाहीमा परेर ‘ग्राउन्डेड’ भएको होइन, चाहिने सामानहरु नभएर भएको थियो । एमआई १७ रसियाको हो । रुस र युक्रेनबिचको युद्धका कारण सामानहरु आउन ढिलो भएकाले मर्मतमा समय लागेको हो ।’ 

नेपालमा हाल १२ वटा हेलिकप्टर सेवा प्रदायक कम्पनी छन् । उनीहरुसँग ३८ वटा हेलिकप्टर छ । 

Advertisement

Advertisement