यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं । आज (चैत ८ गते, बिहीबार) साल्ट ट्रेडिङ कर्पोरेसन र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । कारण, यी दुवै कम्पनीले भोलि शुक्रबार (चैत ९) गते बुक क्लोज गर्दैछन् ।

अतः आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले यी कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Advertisement

साल्ट ट्रेडिङले चैत २३ गते ५७औँ वार्षिक साधारणसभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुने बताइएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ 

त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा चैत २७ गते बस्दैछ । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको ३.८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Advertisement

Advertisement