आइसफल डाक्टरहरुलाई पाँच वर्षसम्मको लागि ‘ब्ल्याक याक’ कम्पनीले माउन्टेन गियर दिने

Advertisement

काठमाडौं । ‘ब्द्ययाक याक’ कम्पनी र सगरमाथा प्रदुषण नियन्त्रण समितिबिच आइसफल डाक्टरहरुलाई पाँच वर्षको लागि माउन्टेन गियर (हिमाल चढ्दा लगाउने लुगा) दिने सम्झौता भएको छ । 

नेपाल पर्वतारोहण संघको पहलमा यो सम्झौता भएको हो । ब्ल्याक याकका अध्यक्ष ली खाङले यस वसन्त ऋतृका लागि सगरमाथा आधार शिविर हुँदै क्याम्प–२ सम्मको बाटो निर्माण गर्न गएका खुम्बु आइसफल डाक्टरहरुलाई एक सेट माउन्टेन गियर प्रदान गरेको संघले जनाएको छ । 

Advertisement

सहयोगलाई निरन्तरता दिन ब्ल्याक याक कम्पनीले सगरमाथा प्रदुषण नियन्त्रण समिति र पर्वतारोहण संघसँग समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । बीवाइएन ब्ल्याक याकले आइसफल डाक्टर र पर्वतारोहीहरूले प्रयोग गर्ने विभिन्न उपकरण र गियरहरू उपलब्ध गराएर सगरमाथा प्रदुषण नियन्त्रण समितिलाई सहयोग गर्नेछ । 

ब्ल्याक याक उच्च प्रविधियुक्त सामग्रीसहित हिमालयन–प्रेरित बाहिरी पोशाक उत्पादन गर्ने कोरियाली कम्पनी हो । सगरमाथा प्रदुषण नियन्त्रण समितिले खुम्बु आइसफल बाटो निर्माण गर्न वार्षिक रूपमा आठ आइसफल डाक्टर र पाँच जना सहयोगी कर्मचारीहरूलाई रोजगार गर्दै आएको छ । 
 

Advertisement

Advertisement