पोखरा अल्ट्रालाइटको फागुपूर्णिमालक्षित योजना, मंगलबारसम्म छुट पाइने

Advertisement

काठमाडौं । पोखरास्थित पोखरा अल्ट्रालाइटले फागुपूर्णिमालक्षित योजना ल्याएको छ । योजनाअन्तर्गत कम्पनीले आउँदो आइतबार अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि अधिकतम १५ प्रतिशतसम्म छुट दिने भएको छ । 

कम्पनीले ३०, ६० र ९० मिनेटको उडान सेवामा लागू हुँदै आएको शुल्कमा क्रमशः १०, १३ र १५ प्रतिशत छुट दिने भएको छ । छुट मंगलबारसम्म लागू हुनेछ ।

Advertisement

अल्ट्रालाइटअन्तर्गत सामान्यतया नेपाली पर्यटकका लागि १५, ३०, ६० र ९० मिनेटको प्याकेज दर क्रमश १७ हजार ६ सय, २५ हजार ६ सय, ३८ हजार ४ सय, ५३ हजार एक सय बिस रुपैयाँ निर्धारण हुँदै आएको छ ।

साहसिक पर्यटकीय गतिविधिअन्तर्गत रहेको पोखरा अल्ट्रा लाइटमार्फत यात्रुले पोखरा सहर, माछापुछ्रे, कपुचे ताल, अन्नपुर्ण हिमशृंखलाको दृश्यावलोकन गर्न सक्छन् ।

पोखरा विमानस्थलबाट उडान र अवतरण हुने उडानमा पाइलट र यात्रु गरी दुई जनाको मात्र सहभागिता हुन्छ ।

१०० किलोग्राम सम्म वजन भएका यात्रुले यो सेवा लिन सक्ने प्रावधान रहेको छ ।

पोखरामा सन् १९९७ बाट अल्ट्रा लाइट उडान सेवा सुरू भएको हो । आन्तरिक र बाह्य पर्यटकको विशेष रोजाइमा परेको यो सेवा दक्षिण एसियामै पहिलोपटक नेपालमा सुरू भएको हो ।

Advertisement

Advertisement