काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोड रुपियाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
बैंकले २८ दिनका पाँच अर्ब रुपियाँ, ९१ दिनका लागि १० अर्ब ११ करोड रुपियाँ र १८२ दिनका लागि ६० करोड रुपियाँ र एक वर्षका लागि पाँच अर्ब रुपियाँको ट्रेजरी नवीकरण गर्न लागेको हो ।
कुल २० अर्ब ७१ करोडमध्ये १५ अर्ब ७१ करोड रुपियाँको ट्रेजरी बिल नवीकरण र बाँकी पाँच अर्बको नयाँ ट्रेजरी जारी गर्न राष्ट्र बैंकले जनाएको छ ।
चैत १३ गते (भोलि) जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।