भारतीय मुद्रा सञ्चिति बढेर ६४२.४९ अर्ब अमेरिकी डलर पुग्यो

Advertisement

एजेन्सी । भारतको विदेशी मुद्रा सञ्चिति मार्च १५ सम्म ६४२.४९ अर्ब अमेरिकी डलर पुगेको छ । 

भारतको केन्द्रीय बैंकले यो अहिलेसम्मकै उच्च रहेको बताएको छ । 

Advertisement

भारतको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको यो लगातार चौथो साता हो । 

बैंकका अनुसार मार्च १५ मा समाप्त भएको सातामा विदेशी मुद्रा सञ्चिति झन्डै ६ अर्ब ४ करोड डलरले बढेको छ । यस हप्तामा विदेशी मुद्रा सम्पती ५६८ अर्ब ३८६ अर्ब डलर रहेको छ भने सुनको सञ्चिति ५१ अर्ब १४ करोड डलर रहेको तथ्यांकले देखाएको छ । भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा यसको न्युन स्तर ८३.४३ मा झरेको छ ।
 

Advertisement