काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम र कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ । ७ दिनभित्र जवाफ पठाउन भनिएको छ ।
युरोपेली युनियन (ईयू) को अडिट र प्राधिकरणले विभिन्न समयमा गरेको अडिटबाट देखिएका कैफियत हटाउन निगमले के कस्तो काम गरिरहेको छ ? सहित स्पष्टीकरण सोधिएको प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।