सांग्रिला डेभलपमेन्ट बैंकको २५ हजार कित्ता संस्थापक शेयर बिक्री खुला

Advertisement

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

बैंकका संस्थापक शेयरधनी अर्जनु भट्टराईको नाममा रहेको २५ हजार कित्ता संस्थापक शेयर शुक्रबारदेखि बिक्रीमा राखिएको बैंकले जनाएको छ । 

Advertisement

आफूले खरिद गर्न चाहेको कित्ता उल्लेख गरी आवेदन बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आइपुग्ने गरी शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

हाल यो शेयरमा विद्यमान संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । ३५ दिनभित्र बिक्री नभएमा प्रचलित नियमानुसार सर्वसाधारणका लागि खुला हुनेछ । 

Advertisement

Advertisement