राशिफलः आज (चैत्र १८) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल चैत महिनाको १८ गते आइतबार, चैत्र कृष्णपक्षको षष्ठी तिथि ।

मेष 
व्यक्तित्वमा दृढता आउने छ । पारीवारिक जीवनमा कटुता आउने छ । मनमा उदासिताले निकै सताउने छ । निराशाजनक विचार मनमा आउने हुँदा यस विषयमा सतर्क रही सकारात्मक विचारबारे मन केन्द्रीत गर्दा उपयुक्त हुने छ । आयात निर्यात र पर्यटन क्षेत्रमा आवद्धहरुलाई समय चुनौतिले भरिएको रहने छ । शेयर क्षेत्र अनुकुल बन्ने छ ।

Advertisement

वृष
भाग्यहिनताले अलि बढि मेहनत गर्नुपर्ने हुन्छ तर पेशागत जीवन सकारात्मक बन्ने छ । बाठोपनामा बृद्धि हुने भए पनि रिस कडा हुने हुँदा कतिपय कामहरु बिग्रिन जाने छन् । यस विषयमा ध्यान दिँदा फाइदा मिल्ने छ । हार्डवेयर, निर्माण सामग्री, कल कारखाना, स्टेसनरी, शिक्षा क्षेत्र आदीमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र भने चुनौतिपूर्ण रहने छ । 

मिथुन 
पेशागत  जीवन र आम्दानीमा सकारात्मकता आउने छ । मनमा भने दुविधाका क्रम अत्याधिक आउने हुँदा निर्णय क्षमतामा कमि आउने छ । दाम्पत्य जीवनमा द्वन्द र बादबिबाद देखा पर्ने भएकाले सतर्क भएर अघि बढ्दा उचित हुने छ । राजनीति, व्यवस्थापन, किराना पसल, वकालत, शिक्षा क्षेत्रमा आवद्धहरुलाई अनुकुल रहने छ । शेयर क्षेत्र औसत रहने छ ।

कर्कट
पेशागत जीवनमा अवरोधहरु देखा पर्न जाने भएकाले धैर्यतासाथ पाइला चाल्नु होला । मनोबल कमजोर भएको व्यक्तित्व हुने छ भने शरीरिक कमजोरीले सताउने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्न जाने छ । होटल, रेष्टुरेण्ट, सुरक्षा निकाय, खेल जगत, सर्जरी जस्ता क्षेत्रमा सक्रियहरुलाई फाइदा बढ्न जाने छ । शेयर बजारबाट प्रतिफल प्राप्त हुने छैन् । 

सिंह
समय अनुकुल रहेकाले आँटेका कुराहरु पुरा हुने छ । मनमा दृढता बढ्ने छ । पेशागत जीवनमा नयाँ अवसरहरु प्राप्त हुने छ । प्रतिष्पर्धी स्वाभावका कारण जस्तो सुकै काम पनि गर्न सक्छु भन्ने आँट आउने छ । शारीरिक स्वास्थ्यमा भने ध्यान दिनु होला । शेयर बजार जोखिमपूर्ण रहने छ ।

कन्या
आम्दानीमा गिरावट आउने छ । मनमा र आन्तरिक चतु¥याईँमा गिरावट देखिने छ । भाग्यको साथ रहेकाले परिस्थिति धेरै बिग्रन भने जाने छैन् । परिवारमा द्वन्दको वातावरण आउने हुँदा धैर्य रहनु होला । शिक्षा क्षेत्र, अध्यापन, शिक्षण, स्टेसनरी जस्ता व्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र चुनौतिपूर्ण रहने छ । 

तुला
आर्थिक विषयमा विषयमा मनमा सन्तोष प्राप्त हुने छैन् । सोचेको जति आम्दानी नभए पनि आम्दानीको अवस्था निराशाजनक पनि हुने छैन् । अध्ययनमा रुचि जाने छैन् । भित्रि बुद्धिको सक्रियतामा भारी गिरावट आउने छ । भाग्यहिनताको महशुस हुने हुँदा कर्मको मात्रा बढाउनु पर्ने छ । पेशागत जीवनमा धैर्य भएर कदम अघि बढाउनु होला । शेयरबाजर लाभ मिल्ने छैन् ।

वृश्चिक
दृढ खालको व्यक्तित्व हुने छ । रिस कडा उत्पन्न हुने भएकाले रिस नियन्त्रणमा विशेष ध्यान दिनु होला । साझेदारीमा गरिएका काममा गम्भीर समस्या देखा पर्ने भएकाले बेलैमा सचेत भएर अघि बढ्नु होला । दाम्पत्य जीवनको विषयमा मनमा चिन्ता बढ्न पुग्ने छ । पेशागत तथा व्यावसायिक जीवनका यात्रा उतार चढावको जोखिम रहेकाले संयमित रहनु होला । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।

धनु 
कमजोर मनोबल हुने हुँदा आँटिलो स्वाभावमा कमि आउने छ । शारीरिक रुपमा कमजोरीहरु देखिने छ । उच्चरक्तचाप तथा शारीरिक अवस्थामा असन्तुलन देखा पर्ने छ । अध्ययन अध्यापनमा मन जाने छैन् भने बौद्धि क्षेत्रमा आवद्धहरुलाई सृजनशिलताको अभाव हुने छ । बोलीमा कडापन देखापर्ने भएकाले सचेत रहनु होला । पारीवारिक जीवनमा हुने सकारात्मकताले केही राहत दिने छ । शारीरिक परिश्रम गर्ने क्षेत्रमा आवद्धहरुले सचेत रहनु पर्ने समय रहेको छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

मकर 
उदासिनताले सताउने छ । खुशीका क्षणहरुमा पनि रमाइलो मान्न नसक्ने स्वाभाव देखिने छ । पेशागत जीवन औसत रहने छ । आशा गरे जस्तो प्रगति नभए पनि खराब पनि हुने छैन् । पानी, आइसक्रिम, दुग्ध पदार्थ, चिसो पेय पदार्थ, मदिरा जस्ता व्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र औसत बन्ने छ ।

कुम्भ 
भाग्यको साथ रहेका कारण मेहनतको फल प्राप्त हुने छ । मेहनत अनुसारको प्रतिफल आउँदा मनमा उत्साह र उमङ्गको लहर छाउने छ । पर्यटन, ट्राभल्स एजेन्सी, किराना पसल, राजनीति, ठेक्कापट्टा आदी जस्ता क्षेत्रमा सक्रियहरुलाई केही सुधार आउने छ । शेयर क्षेत्र शुभ हुने छ ।

मीन
पेशागत जीवन अस्थिर हुने छ । आलोचना र बादबिबादबाट पेशागत जीवनमा गुज्रनु पर्ने छ । भाग्यहिनताको आभाषले गर्दा आँटको अभाव हुने छ । लेनदेनमा विचार गरेर मात्र अघि बढ्नु होला । ठेक्कापट्टा, निर्माण, साहसिक व्यावसायका क्षेत्रहरुमा सक्रियलाई समय चुनौपूर्ण रहेको छ । शेयर क्षेत्र प्रतिकुल हुने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement