पौने दुई करोड कित्ता संस्थापक शेयर बिक्री गर्दै एचआईडीसीएल

Advertisement

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले पौने २ करोड बढी कित्ता बढी संस्थापक शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ ।

कम्पनीले संस्थापक शेयरधनी समूह ’क’ उपसमूह ‘क–२’ को अन्य संस्थापकअन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री नभएको १ करोड ७८ लाख ४० हजार १४० कित्ता शेयर लिलामीमातर्फ बिक्री गर्न लागेको जनाएको छ । 

Advertisement

सो शेयर खरिदका लागि लगानीकर्ताले चैत २५ गतेदेखि आगामी वैशाख ९ गतेसम्म पेस गर्न सक्नेछन् । 

शेयर खरिदका लागि जोसुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ता खरिद गर्न सकिने शेयरको न्यूनतम मूल्य १०० रुपियाँ तोकिएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरू नयाँ बानेश्वर, विर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौंडा, चितवन, पोखरा, बुटवल, बागलुङ नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महनेन्द्रनगर शाखा कार्यालयमा बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

 

Advertisement