शेयर बजारमा ६.२६ अंकको गिरावट, दुई अर्ब ८७ करोड रुपियाँको मात्रै कारोबार

Advertisement

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । यसैक्रममा आज पनि बजार ओरालो झरेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ६.२६ अंकले घटेको हो । ०.३१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०१२.०७ अंकमा ओर्लिएको छ । 

Advertisement

होटल एण्ड टुरिजम समूह १.१६ प्रतिशतले बढ्यो भने बाँकी समूह राताम्मे भए । 

आज ३१५ कम्पनीका ७२ लाख ९० हजार २ सय कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५.७५ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि गुराँस लघुवित्त, माई खोला हाइड्रो र महुली लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.४४ प्रतिशतले नाफा कमाए । 

त्यस्तै रिभर फल्स पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९८ प्रतिशतले घाटा व्यहोरे । 

आज पनि सर्वोत्तम सिमेन्टको उच्च कारोबार भयो । उक्त कम्पनीको ४७ करोड २९ लाख १७ हजार ६ सय ३२.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार बजार १७.३० अंकले घट्दा ३ अर्ब २० करोड ५३ लाख ३२ हजनार ३ सय २४.७६ रुपियाँ बराबरको कारोबार भएको थियो । 

Advertisement

Advertisement