नेपाल इभेष्टमेन्ट मेगा बैंक सञ्चालक समितिको निर्वाचन रोक्न अदालतको आदेश

Advertisement

काठमाडौं । नेपाल इभेष्टमेन्ट मेगा बैंकलाई सर्वोच्च अदालतले सञ्चालकको निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको आइतबारको इजलासले उक्त आदेश जारी गरेको हो ।

Advertisement

प्राडा ताराप्रसाद सापकोटाले चैत १६ गते रिट दर्ता गरेका थिए । उनले सञ्चालक समितिको निर्वाचनमा केही सञ्चालकको योग्यता नपुगेको भन्दै रिट दायर गरेका थिए । 

बैंकले मंगलबार ३७औं वार्षिक साधारणसभा बोलाएको छ । सभा गर्न अदालत बाटो खुला राखेको र सञ्चालकको निर्वाचन भने रोक्न आदेश दिएको हो । 

अदालतको आदेश अनुसार आगामी शुक्रबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

Advertisement