सिंगटी हाइड्रोको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

Advertisement

काठमाडौं । ​सिंगटी हाईड्रो इर्नजी लिमिटेडको सर्वसाधारणतर्फको लिलामी शेयरमा आवेदन दिने आज (मंगलबार) अन्तिम दिन रहेको छ ।  कम्पनीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता शेयर लिलामीमार्फत बिक्री खुल्ला गरेको छ।

प्रतिकित्ता न्यूनतम १०० रुपियाँ तोकिएको सो शेयर खरिदका लागि बोलपत्र पेस गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेस गर्नुपर्नेछ । न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

Advertisement

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन्।

Advertisement