स्काईवेलको ईटी५ अफरोड मोटर र्याली सम्पन्न, लन्च र डेलिभरी छिट्टै शुरु हुने

Advertisement

काठमाडौं । एनवाईअफ बिराटनगर, सुनसरी एवम् झापा च्याप्टरले आयोजना गरेको मोटर र्यालीको मुख्य प्रायोजक स्काईवेलको लक्जरी एसयूभी ईटी५ र आयातकर्ता जी मोटर्स प्रालिले संयुक्त रुपमा इटहरी सोल्टी वेस्टेन्डबाट शुरु भएको ३ दिने र्यालीको सम्पन्न भएको छ । उक्त र्यालीको कोशी प्रदेशका पर्यटन मन्त्री गणेश उप्रेतीबाट समापन भएको हो । 

उक्त र्यालीको मुख्य प्रायोजक रहेको स्काईवेलको नेपाल मै पहिलो सबै भन्दा धेरै रेन्ज ६२० किमी दिने पहिलो लक्जरी यसयुभि ईटी५ ले २० वटा अन्य अफरोडमा ड्राईभ हुने जिप तथा पिकअपहरुसँगै उक्त र्याली इटहरी, धरान, भेंडेटार एबम तमोर करीडोर हुँदै फिदिम बजारबाट ईलामको शाखेजुङ्गमा क्याम्पमा रात्रीकालिन वास बसी पुनः इलाम फिक्कल, बिर्तामोड र दमकमा कार्यक्रमको समापन गरी पुनः इटहरीबाट बिराटनगरमा पुगेको थियो । 

Advertisement

ईलामको शाखेजुङ्ग समुन्द्र सतहबाट २५०० फिट भन्दा माथी रहेको मनोरम दृश्यसहितका ठूलो क्षेत्रफलमा रहेको टि–स्टेटहरुले घेरिएको स्थान हो, जुन ईलाम बजार भन्दा ४० किमी टाढा रहेको अफरोड युक्त क्षेत्र पनि हो ।

उक्त अफरोड मोटर र्यालीको उद्देश्य पूर्व क्षेत्रको पर्यटन बृद्धिमा सहयोग हुने साथै ईभी लक्जरी एसयूभी ईटी५ ले जस्तो सुकै कठिन बाटोको पनि सहज यात्रा गर्न सकिने र पूर्ण यात्राको मज्जा लिन सकिने साथै एक सिङ्ल फुल चार्जमा ६२० किमी भन्दा ज्यादा यात्रा सहजै गर्न सकिने जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए । उनले भने, ‘आगामी दिनहरुमा पनि हाम्रो प्रालिले यस्ता धेरै यात्रा सहज छन, स्काईवेलको ईटी ५ मा भन्ने प्रामाणित नै गर्नेछौं ।’ 

undefined

स्काइवेल ईटी ५, फाईभ स्टार सेफ्टी क्रायस टेस्ट प्राप्त, ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ ।

स्काइवेल ईटी५ विशेष गरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो । यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ । यस्को टपस्पिड १६० प्रतीघन्टा भन्दा बढी रहेको छ, जस्ले उपभोक्तालाई उच्च गतीको सवारी ड्राईभिङ्ग अनुभुती दिलाउने छ ।  

स्वाइवेल ईटी५ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्ने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement