कुमारी बैंकले विभिन्न कार्यक्रमहरु गरेर मनायो वार्षिकोत्सव

Advertisement

काठमाडौं । कुमारी बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २३औं वार्षिकोत्सव मनाएको छ । 

वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दैे आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण ग्राहकहरुको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त  गरेको छ ।  

Advertisement

वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा १४५ जना सहभागी भई रक्तदान गरे । 

साथै बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न ‘परम्परागत भेषभुषा’  पहिरन गरी वार्षिक उत्सव सम्पन्न गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोशाक मार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पुर्याएको छ । 

बैंकले आफ्ना देशव्यापी ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ६६ शाखारहित बैंकिङ सुविधा तथा ५० एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु प्रवाह गर्दै आएको जनाएको छ । 

Advertisement