आज नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’ सँग खेल्दै

Advertisement

काठमाडौं । आज नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । 

खेल बिहान ९ः ३० बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

Advertisement

पहिलो खेलमा २१ रनले पराजित नेपाल आज भने जित्नैपर्ने दबाबमा हुनेछ । नेपालले जितेमा यो शृंखला समान हुनेछ । 

यस खेलमा विनोद भण्डारी (कप्तान) सहित अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल छन् ।

आयरल्यान्ड ‘ए’ र नेपालको सिनियर टोलीबीच दुई टी–२० खेल भएको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपाल ‘ए’सँग तीन टी–२० सिरिज आयरल्यान्डले २–१ ले जितेको थियो । 

तीन एकदिवसीय सिरिजको अन्तिम खेल आइतबार हुनेछ ।

Advertisement