म दक्षिण कोरिया भ्रमणमा जाँदैछुः प्रधानमन्त्री दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरियाको भ्रमण गर्ने बताएका छन् । शनिवार बालुवाटारमा जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको टोलीलाई  नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणका क्रममा उनले सो कुरा बताएका हुन् । 

राष्ट्रसंघको अधिवेशनको समयमा कोरियाका राष्ट्रपति योन सुक योलसँगको भेटमा दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने र सहयोगको क्षेत्रलाई अझ बिस्तार गर्नेकुरामा छलफल भएको दाहालले बताए । उनले सोही समयमा दक्षिण कोरियका राष्ट्रपति योलले भ्रमणको निम्तो दिएको बताए । 

Advertisement

प्रधानमन्त्री दाहालले निमन्त्रणालाई स्वीकार गरेर कोरिया जाने तयारीमा रहेको बताए । दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा संयुक्त आरोहणले नेपाल र कोरियाको सम्बन्धलाई अझ सुदृढ बनाउने र पर्यटन प्रवद्र्धनमा पनि ठूलो भुमिका खेल्ने उनले बताए । 

दाहालले भने, ‘औपचारिक सम्बन्धको ५० वर्षको सन्दर्भमा यो आरोहणले एकातिर नेपाल र कोरियाको सम्बन्धलाई अझ सुदृढ, हाम्रो यसैपनि राम्रो सम्बन्ध छ, कोरिया र नेपालको । आउने दिनमा अझ बलियो र सुदृढ हुन्छ भन्ने विश्वास छ । अर्कातिर पर्यटन प्रवद्र्धनको निम्ति पनि जुगल हिमाल आरोहण गर्ने प्रयत्नले पर्यटन प्रवद्र्धनमा पनि निकै ठूलो भूमिका खेल्छ । नेपाल र कोरियाको बीचमा विभिन्न क्षेत्रमा सहयोगको प्रगति हुँदै गएको छ ।’ 

उनले भने, ‘कोरिया र नेपालको सम्बन्धमा नेपालको आर्थिक विकासको निम्ति निकै धेरै क्षेत्रमा सहयोगको अपेक्षा गरेका छौं । मेरो केही समय पहिला राष्ट्रसंघको अधिवेशनको बेलामा कोरियाका राष्ट्रपतिसँग पनि छलफल भएर दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने, सहयोगको क्षेत्रलाई अझ बिस्तार गर्नेकुरा पनि भएको छ । राष्ट्रपतिजीले मलाई निम्ता पनि गर्नुभएको छ । सकेसम्म त्यो निमन्त्रणालाई स्वीकारेर कोरिया जाने तयारी पनि हामी गर्न खोज्दैछौँ ।’

दाहालले कोरिया र नेपालको सम्बन्धमा नेपालको आर्थिक विकासको निम्ति धेरै क्षेत्रमा सहयोगको अपेक्षा गरेको बताए । 

Advertisement