काठमाडौं । नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम एक दिवसीय खेल आज आयरल्यान्ड ‘ए’ विरुद्ध खेल्दैछ ।
खेल बिहान ९ः३० बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।
उता आयरल्यान्ड भने नेपालको सिनियर टोलीसँग दुई टी(२० खेलमा दुवैमा पराजित भएको थियो ।
त्यसैगरी, नेपालको सिनियर टोलीले आजै भारतमा एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा गुजरातसँग खेल्दैछ । खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ ।
भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति नेपाली क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसियसनको सामना गर्नेछ ।
प्रतियोगिताको फाइनल भारतको गुजरात, वापीमा हुनेछ ।
नेपालले शृंखलाको पहिलो खेलमा गुजरातलाई आठ विकेटले, दोस्रो खेलमा बरोडालाई २७ रनले र तेस्रो खेलमा पुनः गुजरातलाई आठ रनले हराएको थियो ।
तर, अन्तिम खेलमा भने नेपाल बरोडासँगै ३७ रनले पराजित भएको थियो ।