थ्रीस्टार हाइड्रोपावरको साधारणसभा वैशाख २३ मा, बुकक्लोज कहिले ?

Advertisement

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा आगामी वैशाख २३ गते बस्ने भएको छ । 

सभा जर्मन होम्स, गठ्ठाघर–भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

Advertisement

सभाले, गत आर्थिक वर्षको प्रतिवेदन, नाफा–नोक्सान, नगद प्रवाह, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचीमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि योजना रहेको छ । 

त्यसैगरी, सभामा हकप्रद शेयर निष्कासनको एजेन्डा पारित हुनेछ भने सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी ‘समूह ख’ को प्रतिनिधित्वका लागिदुई जना सञ्चालकको निर्वाचनसमेत हुने बताइएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते शुक्रबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भर्इ कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् । 

Advertisement