राशिफलः आज (चैत्र २८) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल चैत महिनाको २८ गते बुधबार, चैत्र शुक्लपक्षको द्वितीया तिथि ।

मेष 
रोग व्याधीबाट चुनौति छ । विशेषगरी मौसमी समस्याहरु देखा पर्ने छ । भाग्यहिनताको अवस्था रहेकाले सुख सन्तोषको आभाष हुने छैन् । साझेदारीमा गरिएका काममा बिबाद बढ्ने छ । ब्यापारमा र उच्च व्यवस्थापन क्षेत्रमा सक्रियहरुलाई धेरै नकारात्मक अवस्था भने आउने छैन् । शेयर बजारबाट लाभ हुने छैन् ।

Advertisement

वृष
पेशागत जीवनमा उन्नति हुने छ । आर्थिक लाभ मिल्ने छ भने नयाँ नयाँ काम गर्ने अवसर मिल्ने छ । साझेदारीका कामहरुमा भने समस्या उत्पन्न हुने छ । दृढ खालको व्यक्तित्व बन्ने छ । तर हरेक विषयमा कडा शैलीका कारण मित्रहरुका बीचमा पनि कटुता आउला । शेयर बजारबाट फाइदा मिल्ने छ ।

मिथुन 
दुविधात्मक सोचाईले गर्दा निर्णय प्रकृयामा विलम्ब हुने छ । आर्थिक नाफा जति हुनु पर्ने हो हुन बाट रोकिने छ । पेशागत जीवनमा अड्चनहरु देखिने छ । कार्यालयमा झैझगडाको अवस्था आउने छ । शेयर क्षेत्र औसत खालको हुने छ ।

कर्कट
सौखिन स्वाभाव हुने छ । महङ्गा महङ्गा सामान प्रयोग गर्न मन लाग्ने छ । आत्माविश्वासी व्यक्तित्व हुने छ । मनमा भने कताकता खिन्नताले सताउने छ । साझेदारीमा गरेका कामहरुमा उल्झनहरु देखा पर्ने छ । आम्दानीमा भने केही बृद्धि हुने भएकाले राहत मिल्ने छ । पेशागत जीवन औसत खालको रहने छ । शेयर बजार सकारात्मक रहने छ ।

सिंह
उच्च आँटिलो व्यक्तित्व हुने छ । उच्च मनोबलका कारण अरुको विश्वास आर्जन गर्न सकिने छ । तर, रिस नियन्त्रण नगरे परिस्थिति विपरित बन्न जाने छ । प्रतिष्पर्धात्मक क्षमता उच्च रहने छ । पेशाप्रति समर्पित हुने स्वाभावका कारणआर्थिक प्रगति हुने छ । शेयर क्षेत्रबाट लाभ मिल्ने छ ।

कन्या
आफैमाथिको विश्वास कमि आउने छ । चतुरतामा पनि गिरावट आउँदा आर्थिक नोक्सानी हुन जाने छ । पेशागत जीवनमा ज्यादा अड्चनहरुको सामना गर्नु पर्ने छ । यात्रामा कठिनाई आउने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

तुला
आत्माबलको कमि हुने छ । आफूले आफैप्रतिको विश्वासमा कमि आउँदा अरुले छिट्टै हेप्ने छन् । आन्तरिक चुतुरतामा शिथिलता आउने छ । सकभर धैर्य भएर पाइला चाल्दा राम्रो । पेशागत जीवनमा आलोचना सहनु पर्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

वृश्चिक
कार्यालयबाट मान सम्मान मिल्ने छ । आत्माविश्वासमा पनि बृद्धि हुने छ । बोलीको प्रभाव भने घट्ने हुँदा बन्न खोजेका काममा पनि अवरोध आउने छ । आम्दानीमा सकारात्मकता आउने हुँदा उत्साह थपिने छ । शेयर बजार औसत रहने छ ।

धनु 
परिवारमा तनावपूर्ण वातावरणले गर्दा अशान्ति मच्चिने छ । जीवनसाथिको सल्लाहसहित काम गरेमा परिणाम अनुकुल बन्न मद्धत मिल्ने छ । साझेदारीमा गरिएका काममा प्रगति हुन जाने छ । आफ्नो कार्यालयका हाकिमहरुसँग बिबाद बढ्ने भएकाले ध्यान दिनु होला । शेयर बजारबाट लाभ मिल्ने छ ।

मकर 
मेहनती स्वाभावका कारण कदर मिल्ने छ । वौद्धिक क्षमतामा पनि बृद्धि हुने छ । मनमा सुख–शान्तिको आभाष हुने छ । पेशागत जीवन धेरै उत्कृष्ट नभए पनि धेरै कमजोर पनि हुने छैन् । यात्रामा मनोरञ्जन प्राप्त हुने छ । शेयर क्षेत्र औसत खालको रहने छ । 

कुम्भ
बोलीमा आउने मिठासपनाका कारण अरुले छिट्टै पत्याउने छन् । तर उक्त विश्वासलाई कायम राख्न भने उर्जाको कमि हुने छ । परिवारको भरोसा बढ्ने छ । पेशागत जीवन भने औसत खालको रहने छ । आर्थिक पक्ष मध्यम रहने छ । शेयर कारोवारबाट भने लाभ मिल्न सक्ने छैन् ।

मीन
मनमा सन्तोष प्राप्त हुने छ । पेशागत जीवन अनुकुल रहने छ । थोरै प्राप्तिमा पनि मन खुशी रहने छ । भित्रि बुद्धिको चलाखीका कारण पारीवारिक जीवनमा नेतृत्व गर्न पाइने छ । अध्ययन अध्यापनमा मन जाने छ । बोलीमा भने रुखोपना देखिने भएकाले सतर्क रहनु होला । शेयर बजार औसत रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement