नागढुंगा टनेलको बैशाख ३ गते ‘ब्रेक थ्रू’, अर्को नयाँ बर्षदेखि सुरुङमार्गबाटै आवत-जावत

Advertisement

काठमाडौं । ‘सिस्नेखोला-नागढुंगा’ सुरुङमार्ग अन्तरगत मुख्य टनेलको ‘ब्रेक थ्रु’ आगामी बैशाख ३ गते गरिने भएको छ । 

बुधबार सडक बिभाग, निर्माण कम्पनी, परामर्शदाता लगायतका सरोकारवालाको संयुक्त बैठकपछि बैशाख ३ गते मुख्य टनेलको ब्रेक थ्रू गर्ने निर्णय गरिएको हो ।

Advertisement

बैशाख ३ गते २ बजे टनेल ब्रेक थ्रू गर्ने गरि कार्यतालिका बनाइएको छ । ब्रेक थ्रू समारोहमा सहभागी हुने अतिथिलाई भने पौने १ बजेसम्म आइपुग्ने गरि निम्तो पठाइएको छ । सम्भवत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट टनेलको ब्रेक थ्रु हुने सडक बिभागका एक उच्च अधिकारीले जानकारी दिए ।

२ हजार ६८८ मिटरको मुख्य टनेलमा अब २ मिटर खण्डमात्रै खन्न बाँकी छ । बैशाख ३ गते त्यो खण्डमा बलास्ट मार्फत सुरुङ प्वाल पारिनेछ । 
यो सुरुङमार्गमा मुख्य र रेस्क्यु गरेर दूई टनेल छन् । रेक्क्यु टनेल गत साउन २२ गते नै ब्रेक थ्रू भइसकेको छ ।

यसअघि गत फागुन २३ गते मुख्य सुरुङमार्गको ब्रेक थू्र गर्ने योजना थियो । तर, स्थानीयहरुको अवरोधका कारण फागुन ६ गतेदेखि चैत ५ गतेसम्म निर्माण कार्य रोकिएको थियो । चैत ५ गते स्थानीयसँग सहमति भएसँगै चैत ६ गतेदेखि पुनः काम सुरु गरिएको थियो । त्यसपछि अहिले मुख्य टनेलको ब्रेक थ्रू गर्न लागिएको हो । 

सरकारले झण्डै २३ अर्ब रुपियाँ लगानीमा बन्न लागेको परियाजना नेपालकै पहिलो आधुनिक सुरुङमार्ग हो । यसमा जापान सहयोग नियोग ९जाइका० को १६ अर्ब ६३ करोड रुपियाँ सहुलियत ऋण छ । यो आयोजना बनाउन २०१९ सेप्टेम्बरमा जापानकै निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेशनबीच सुरुङ निर्माणको ठेक्का सम्झौता भएको थियो ।  

आयोजनाको निर्माण कार्य भने २०७७ पुसबाट सुरु भएको थियो । त्यसको साढे ३ बर्षमा आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रू हुन लागेको हो । ब्रेक थ्रू गर्ने समारोहमा नेपाल सरकार, जापानीज दुतावास, जाइका, निर्माण कम्पनी लगायतका निकायको उच्च अधिकारीहरु उपस्थित हुनेछन् ।

यद्यपि, सुरुङमार्ग सञ्चालनमा आउन अझै एक बर्ष समय लाग्नेछ । अहिले सुरुङ मार्ग ब्रेक थ्रु मात्रै हुन लागेको हो । भित्री सडक कालोपत्रे गर्ने,  भित्ता ढलान गर्न, अक्सिजनको मात्रा मिलाउने, लाइट जडान गर्ने, तामक्रम मिलाउने लगायतका फिनीसीङको काम गर्न ६ महिना समय लाग्ने बताइएको छ । 

सम्पूर्ण काम सकिएपछि सुरुङमार्गलाई स्टेबल बनाउन ६ महिना यत्तिकै राख्नुपर्छ । त्यसपछि बल्ल सुरुङमार्ग सञ्चालनमा ल्याउन सकिने आयोजनाको इन्जीनियर रमेश कोइरला बताउँछन् । त्योअनुसार आयोजना सञ्चालनमा आउन अझै १ बर्ष लाग्ने देखिन्छ । त्यो अवस्थमा २०८२ को सुरुवातबाटै आयोजना सञ्चालनमा आउनेछ । यो आयोजना बनेपछि नौबिसे हुँदै काठमाडौं प्रवेश गर्ने सवारीको यात्रा छोटिने छ ।

Advertisement