नेवानिको अपरेसन डाइरेक्टरमा वरिष्ठ क्याप्टेन ज्वारचन नियुक्त

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमको अपरेसन डाइरेक्टरमा वरिष्ठ क्याप्टेन दीपु ज्वारचन नियुक्त भएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा तत्कालीन अपरेसन डाइरेक्टर क्याप्टेन श्रवण रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि  निलम्बनमा परेका थिए ।

Advertisement

रिजाल निलम्बनमा परेपछि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्याप्टेन ज्वारचनलाई डाइरेक्टरमा नियुक्ति गर्ने निर्णय गरेका हुन् । 

यद्यपि, नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उनको नियुक्तिको स्वीकृति लिन भने बाँकी छ ।

Advertisement

Advertisement