लिंकन विश्वविद्यालयले आयोजना गरेको छैठौं दीक्षान्त समारोहमा आईआईएमएस कलेज सहभागी

Advertisement

काठमाडौं । लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (युकानी)ले आफ्नो छैठौं दीक्षान्त समारोह गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भव्यरुपमा सम्पन्न गरेको छ । 

समारोहमा पुतलीसडकस्थित आईआईएमएस कलेजसहित काठमाडौं उपत्यका बाहिर र भित्रका ११ वटा प्रतिष्ठित कलेजका विद्यार्थी, उनका अभिभावक, अथिति, कलेजहरुका प्राध्यापक तथा उच्च अधिकारीहरु सहभागी थिए । 

Advertisement

मलेसियास्थित लिंकन युनिभर्सिटी कलेजसँग नेपालका ११ वटा कलेजहरू आवद्ध छन् । बिबिए, एमबिए, एमसिएच जस्ता संकायका स्नातक र स्नातकोत्तर गरी करिव नौ सयभन्दा बढी ग्राजुयटहरू उपस्थित रहेको उक्त समारोहमा सबै गरेर तीन हजारभन्दा बढीको उपस्थिति रहेको आईआईएमएसका मार्केटिङ म्यानेजर रिसभ रेग्मीले बताए । 

यो समारोह आफूहरुका लागि महत्वपूर्ण कोषेढुङ्गा हो भन्दै उनले आफूहरुको कलेजबाट २६० जना विद्यार्थी सहभागी भएको बताए । कलेजहरुमध्ये सबैभन्दा ठूलो संख्या आईआईएमएसको नै थियो । रेग्मीले नेपाली र मलेसियन राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा नेपालका लागि मलेसियन राजदूत मोहमद फरदास विन अजमान पनि सहभागी भएका थिए । 

उनले साामुहिक कार्यबाट सफलता हासिल गर्न सहज हुने कुरामा जोड दिँदै नेपाली अर्थतन्त्रलाई उकास्न दक्ष भएर प्रवेश गर्ने ग्राजुयटहरूलाई शुभकामना दिए । लिंकन युनिभर्सिटीका अध्यक्ष प्राडा अमिया भौमिकले विश्वविद्यालयको दृष्टिकोण सार्वजनिक गर्दै स्नातकहरूबीच उद्योगशीलताको खाँचो रहेको बताए । सो अवसरमा लुकानका अध्यक्ष रेस्टा झा पनि सहभागी थिए । 

रेग्मीका अनुसार ग्राजुयटहरूले शैक्षिक यात्राको सफल समापनको चिन्ह लगाउँदै प्रमाणपत्र प्राप्त गरेका थिए । आईआइएमएस कलेजले दीक्षान्त समारोह कुनै सामान्य कार्यक्रम नभएर महोत्सव थियो भन्दै यस कार्यक्रमले उपलब्धी र अबको रोमाञ्चक सम्भावनाको प्रस्थान विन्दु पनि थियो भनेको छ । 

यो दिगो सम्झनाहरू र साझा सफलताहरू सिर्जना गर्ने दिन थियो। हामी यो माइलस्टोन(बधाई, द्दण्द्दद्ध को कक्षामा पुग्नको लागि प्रत्येक स्नातकमा अविश्वसनीय रूपमा गर्व गर्छौं, यो केवल सुरुवात हो१

Advertisement

Advertisement