कुमारी बैंकबाट डाटा किन्दा भाग्यशाली एक ग्राहकलाई आईफोन१५ सित्तैमा !

Advertisement

काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१ जितौ आईफोन१५ एकास्सी’ सुचारु गरेको छ । 

यस अभियान अन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी रुÞÞ.५०० को टपअप र कुनैपनि एउटा डाटाप्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्य्र आईफोन१५ जित्न सक्ने छन् ।  

Advertisement

अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङ्गमा दर्ता गर्न सक्ने छन् । साथै यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ सम्म रहेको छ । 

बैंकले ३०२ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैंकिङ्गसहित देशका विभिन्न शहरी, अर्धशहरी तथा ग्रामीण भेगमा अवस्थित ४१६ पोइन्टहरुमार्फत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको जनाएको छ ।
 

Advertisement