नयाँ वर्षको पहिलो दिन पनि घट्यो शेयर बजार, ३ अर्ब ६ करोडमा समेटियो कारोबार

Advertisement

काठमाडौं । नयाँ वर्ष २०८१ को पहिलो दिन पनि शेयर बजार घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.३५ अंकले घटेको हो । ०.११ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२३.३५ अंकमा झरेको छ । 

Advertisement

आज वित्त, हाइड्रो र लघुवित्त समूह बढ्दा अरु समूह भने राताम्मे भए । 

३ सय २० कम्पनीका ७७ लाख ९५ हजार ३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६ सय ५२.६२ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि सिर्जनशील लघुवित्त, एनआईसी एशिया लघुवित्त, दोल्ती पावर, राप्ती हाइड्रो र मिथिला लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.७२, ९.३५, ९.२३ र ८.७० प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै गुराँस लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोेरेका छन् । 

आज सानिमा माई हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड ४७ लाख ८९ हजार ७ सय ४५ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement