आज काठमाडौंका यी स्थानमा ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने

Advertisement

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । 

स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको तारलाई नयाँ तारमा बदली गरी परिवर्तन गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

Advertisement

प्राधिकरणका अनुसार सो कार्यका लागि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

आज सितापाइला फिडरअन्तर्गका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक क्षेत्रमा ६ घण्टाका लागि विद्युत् आपूर्ति बन्द हुनेछ । त्यस्तै, सशस्त्र प्रहरी बल, प्रधान कार्यालय र हलचोक क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । 

त्यसैगरी, इचंगु फिडरअन्तर्गत सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भर्याङ, ठूलो भर्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्रमा पनि ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

साथै, एलटी लाइनअन्तर्गत ढुंगेधारा, क्लब घर र तरकारी बजार (बालाजु सबस्टेसनपछाडि) क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् हुनेछैन । 
 

Advertisement

Advertisement