नेपाल फाइनान्सको खुद नाफा ८७ प्रतिशतले घट्यो, कस्ता छन् अन्य वित्तीय सूचक ?

Advertisement

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले खुद नाफा घटेको देखिएको छ । कम्पनीले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा घटेको देखिएको हो । 

चालू आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले १३ लाख १८ हजार रुपियाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले एक करोड तीन लाख रुपियाँ नाफा कमाएको थियो । यो गत आवको सोही अवधिको तुलनामा ८७.२५ प्रतिशत कम हो । 

Advertisement

त्यसैगरी, चालू आवको चैत मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी १३.२८ प्रतिशत र खुद फी तथा कमिसन आम्दानी ५७.८९ प्रतिशतले बढेको छ । साथै, कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १८.५० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८२.२३ प्रतिशतले घटेको छ ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा यस्तो आम्दानी १.६५ रुपियाँ घटेर २४ पैसामा सीमित भएको छ । फाइनान्सको मूल्य आम्दानी अनुपात १६८२.४५ गुणा र प्रतिशेयर नेटवर्थ १३४.८३ रुपियाँ छ ।

७२ करोड ९४ लाख रुपियाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा २५ करोड ४० लाख रुपियाँ सञ्चित छ । 

तेस्रो त्रैमाससम्ममा फाइनान्सले २ अर्ब २४ करोड रुपियाँ निक्षेपबाट एक अर्ब ७३ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ ।

Advertisement

Advertisement