सन् २०२४ को पहिलो त्रैमासमा हङकङ भित्रिने पर्यटकको संख्या एक करोड नाघ्यो

Advertisement

एजेन्सी । हङकङमा यस वर्षको पहिलो त्रैमासिकमा एक करोड १० लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । 

गत वर्षको तुलनामा १.५ गुणाले वृद्धि भएको र त्रैमासिकमा ५ प्रतिशतले वृद्धि भएको हङकङ पर्यटन बोर्ड (एचकेटीबी) ले जनाएको छ । 

Advertisement

यो तथ्याङ्कले पर्यटकको संख्यामा निरन्तर वृद्धि भएको देखाएको बताइएको छ । 

मार्चमा करिव ३४ लाख पर्यटक आएका थिए । जुन अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले बढी हो । तीमध्ये २० लाख ४६ हजारभन्दा बढी चिनियाँ मुख्य भूमिबाट थिए । जुन वार्षिक रूपमा २५.४ प्रतिशतले बढेको छ । 

गैर–मुख्यभूमि भ्रमण गर्नेको संख्या भने ९ लाख ३० हजार नाघेको छ । यो वार्षिक रूपमा ९२.१ प्रतिशतले बढेको हो । 

पर्यटन बोर्डले मे महिनादेखि चाडपर्व वा ठूला कार्यक्रमको संयोजनमा समुन्द्रमा रमाउने ड्रोन प्रदर्शन गर्ने पनि घोषणा गरेको छ । 

Advertisement

Advertisement