ज्योति विकास बैंकले १५ करोड २४ लाख कमायो, यस्ता छन् वित्तीय सूचक

Advertisement

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले  चालु आवको तेस्रो त्रैमाससम्ममा १५ करोड २४ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । गत आवको समीक्षा अवधिमा २० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी १.७५ प्रतिशत बढेको छ भने कूल सञ्चालन आम्दानी १.५४ प्रतिशत बढेको छ । निष्क्रिय कर्जा ३.८९ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ । 

Advertisement

बैंकको वितरणयोग्य नाफा २८ करोड ६६ लाख रुपियाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर आम्दानी ८ रुपियाँ ६९ पैसा ऋणात्मक छ।

बैंकको मूल्य आम्दानी अनुपात ६३.५९ गुणा छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपियाँ २० पैसा छ ।

वित्तीय विवरण अनुसार बैकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड छ । जगेडा कोषमा १ अर्ब ५० करोड रुपियाँ सञ्चित रहेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । 

Advertisement

Advertisement