यी  दुई बीमा कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं । आज (वैशाख ६ गते) दुई बीमा कम्पनीको लाभांश सुनिश्चित गर्ने अन्तिम दिन रहेको छ । लाभांश सुनिश्चित गर्नुपर्ने कम्पनीहरूमा सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स रहेका छन् । 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि बुक क्लोज गर्दैछन् । भोलि शुक्रबार शेयर कारोबार नहुने भएकाले आज अन्तिम दिन रहेको हो । 

Advertisement

सूर्यज्योति लाइफले चुक्ता पुँजी चार अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपियाँको १०.२६ प्रतिशत बोशन शेयर र २४.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांश पारित गर्न कम्पनीको सभा वैशाख २१ गते, होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजेदेखि बस्दैछ । 

सभाले चुक्ता पुँजी वृद्धि गरी पाँच अर्ब एक करोड १९ लाख ४७ हजार ७९७.४६ रुपियाँ पुर्याउने, गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने काम गर्नेछ ।

त्यसैगरी, प्रभु इन्स्योरेन्सले चुक्ता पुँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपियाँको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । पूर्वघोषित लाभांश पारित गर्न कम्पनीको साधारणसभा वैशाख २० गते केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौंमा बस्दैछ । 

सभाले गत आवको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथसाथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्नेछ ।

चुक्ता पूँजी दुई अर्ब ५० करोड पुर्याउन आवश्यक प्रक्रिया अघि बढाउने, सञ्चालक समितिको संरचना परिवर्तन गरी एक जना महिला र एक जना स्वतन्त्र सञ्चालकसहित ७ जनाको समिति गठन पनि सभाले गर्नेछ ।

Advertisement

Advertisement