सगरमाथाको फेदीमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने तयारी, प्रधानमन्त्री सहभागी हुने

Advertisement

काठमाडौं । १७औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस यसपटक सगरमाथाको फेदीमा मनाइने भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा सगरमाथा दिवस मनाउने तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले बताए । 

Advertisement

मन्त्री तामाङले यस विषयमा सातै प्रदेशका सचिव, मन्त्रीहरुसँग एक हप्ता अघि बैठक बसेको समेत जानकारी दिए । 

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाइला टेक्न सफल भएको मे २९ तारिखका दिन ७१ वर्ष पुग्दैछ ।  

नेपालका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन पहिलो पटक सगरमाथामा आफ्नो पाइला राख्न सफल भएका थिए । सोही दिनलाई आधार मानेर नेपाल पर्वतारोहण संघले हरेक बर्ष यो दिवस मनाउने र विशेष कार्यक्रम आयोजना गर्ने गरेको छ । 

सगरमाथा दिवस मनाउन निजी क्षेत्रले गरेको प्रस्तावलाई सरकारले स्वीकार गरेर २००८ सालदेखि निरन्तर राष्ट्रियरुपमा यो दिवस मनाउँदै आएका हो । 
 

Advertisement